अन्तर्राष्ट्रिय

अमेरिकी विदेशमन्त्री उत्तर कोरियामा

तस्विर : एजेन्सी

प्योङयाङ- अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ शुक्रबार बिहान उत्तर कोरिया पुगेका छन्।

उनी  शुक्रबार बिहान उत्तर कोरियाको राजधानी प्योङयाङ पुगेका सञ्चार माध्यमहरूले जनाएका छन्।उत्तर कोरियाले  अाणविक परीक्षाण बन्द गर्नका लागि प्रतिबद्धता जनाएपछि साे विषयमा वार्ता गर्नका लागि उनी प्याेङयाङ गएका हुन्।

 अाणविक परीक्षणकाे  विषयमा वार्ताका लागि मन्त्री प्याेङयाङ पुगेका  अमेरिकी विदेश मन्त्रालयले जानकारी दिएको छ ।विदेशमन्त्री पोम्पेओले उत्तर कोरियाली आफ्ना समकक्षी रि योङ हुसँग समेत  भेट्नेछन्।उत्तर कोरियाले यसअघि नै प्रतिबद्धता व्यक्त गरेको निशस्त्रीकरण विषयमा जारी अन्तिम चरणको वार्ताको लागि विदेशमन्त्री पोम्पेओ  उत्तर  काेरिया गएका हुन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किमबीच जुन १२ मा सिङ्गापुरमा ऐतिहासिक शिखर वार्ता भएको थियो ।राष्ट्रपति ट्रम्पले त्यस वार्तापछि उत्तर कोरियाली प्रायद्वीपमा शान्तिको आशा  गरेका छन् । यस वार्ताका क्रममा उत्तर कोरियाले गरेको निशस्त्रीकरणको प्रतिबद्धता पूरागर्ने अपेक्षा गरिएको ट्रम्पको भनाई छ ।

सिङ्गापुरमा दुई नेताबीच भएको शिखर वार्तापछि सम्झौतापत्रमा उत्तर कोरियाली नेता किमले अबदेखि आणविक अस्त्र उत्पादन नगर्ने र निशस्त्रीकरणमा लाग्ने बताएका थिए ।कोरियाली प्रायद्वीपमा पूर्ण रुपमा निशस्त्रीकरणको लागि अमेरिकाले निगरानी गरिरहेको छ । विदेशमन्त्री पोम्पेओको नेतृत्वमा शुक्रबार यहाँ आइपुगेका उच्च अधिकारीहरुले यसै विषयमा नेता किमसँग वार्ता गर्ने बताइएको छ ।

कतिपय अमेरिकी विज्ञहरुले भने राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीच सिङ्गापुर सम्पन्न वार्ताको बाचा अनुरुप उत्तर कोरियाले काम नगर्ने तर्क पनि गरेका छन् ।उनीहरुको भनाई छ– कोरियाली प्रायद्वीप पूर्ण रुपमा निशस्त्रीकरण हुन सक्दैन, यो उद्देश्य पूरा हुन अझै पनि कैयौँ वर्ष लाग्ने आधारहरु धेरै छन् ।विदेशमन्त्री पोम्पेओ उत्तर कोरियाको भ्रमण सकेर जापान र दक्षिण कोरिया पनि जाने कार्यक्रम रहेको छ ।

प्रकाशित: २२ असार २०७५ ०६:४९ शुक्रबार

अमेरिकी विदेशमन्त्री उत्तर कोरियामा