अन्तर्राष्ट्रिय

हत्या गरिएकाे भनिएका रूसी पत्रकार जिउँदै

 मस्काे -  गाेली हानी हत्या गरिएकाे भनिएका रूसी पत्रकार नाटकीय रुपमा पत्रकार सम्मेलनमा उपस्थित भएका छन् ।

 सुरक्षा अधिकारीसहित  पत्रकार सम्मेलनमा उपस्थित उनले आफ्नो हत्याकाे योजनालाई असफल बनाउन अाफैले हत्याकाे नाटक गरेका बताए।

 एक टेलिभिजनमा प्रत्यक्ष प्रसारणमा देखा परी उनले यस्ताे बताएका हुन्। उनी क्रेमलिनको आलोचक पत्रकार हुन् ।युक्रेनको सुरक्षा एजेन्सीले बाब्चेन्कोको हत्या गर्ने रुसी योजनालाई असफल पार्न हत्याको नाटक रचिएको जनाएको छ।युक्रेनका सुरक्षा प्रमुख मासिल रित्साकले उनकाे हत्या योजना करिब दुई महिना अघिदेखि बनेको बताएका छन्।

युक्रेनी समाचार संस्थाहरूले मंगलबार ४१ वर्षीय बाब्चेन्कोलाई गोली हानी छाडिएको अवस्थामा फेला पारिएको र अस्पताल लैजाँदै गर्दा एम्बुलेन्समा मृत्यु भएको जनाएका थिए। प्रहरीले शंकास्पद हत्याराको स्केचसमेत सार्वजनिक गरेको थियो।

प्रकाशित: १७ जेष्ठ २०७५ ०६:२० बिहीबार

हत्या गरिएकाे भनिएका रूसी पत्रकार जिउँदै