अन्तर्राष्ट्रिय

अपहरित विदेशी भारतीय इन्जिनियर भएको खूलासा

काबुल- अफगानिस्तानको उत्तरी राज्य बाघलान प्रान्तको राजधानी पुल–ए–खुमरीमा आइतबार शसस्त्र समूहका भनिएका केही अज्ञात व्यक्तिले अपहरण गरेका छ जना भारतीय इन्जिनियर भएको अफगानी अधिकारीले बताएका छन्।

एक अज्ञात बन्दूकधारी समूहले गाडीमा तालीवान विद्रोही नियन्त्रित क्षेत्र पुल–ए–खुमरीको बाहिरी क्षेत्रमा हिँडिरहेको अवस्थामा उनीहरूलाई अपहरण गरिएको प्रहरीले बताएको छ। प्रहरीले उनीहरूलाई सुरक्षाकर्मीको सहयोग लिन आग्रह गर्दै आएको भएपनि अपहरणमा परेका प्राबिधिकहरूले उक्त अनुरोधलाई नमानेको प्रहरी प्रवक्ता जावी सुजाले एएफपीलाई बताए।

विद्युत कम्पनीको उप–केन्द्रमा काम गर्न खाजा अलान क्षेत्रमा खटिएका विदेशी प्राविधिकको समूहलाई विहानै आएका सशस्त्र समूहले काम गर्न जाने क्रममा अपहरण गरिएको यसअघि प्रहरीले बताएको थियो।अपहरणमा तालिवान कमाण्डर मुल्लाह शाहेनको हात रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले जनाएको छ।रासस

 

प्रकाशित: २४ वैशाख २०७५ ०५:५३ सोमबार

अपहरित विदेशी भारतीय इन्जिनियर भएको खूलासा