अन्तर्राष्ट्रिय

इराकद्वारा १९ रूसी महिलालाई जन्म कैद

बग्दाद-  इराकको एक अदालतले इस्लामिक स्टेट आइएस समूहमा संलग्न भएको भन्दै १९ रसियाली महिलाविरूद्ध जन्म कैदको फैसला गरेको इराकी न्यायलय स्रोतले जनाएको छ।

उनीहरूले इराकमा रहेर आइएस समूहलाई सघाउँदै आएको अभियोग अदालतले लगाएको हो।

बग्दादको आतङ्कवाद सम्बन्धि मुद्दा हेर्ने केन्द्रीय फौजदारी अदालतका प्रमुख न्यायाधीशले अदालतमा मुद्दा खेपिरहेका १९ जना रूसी महिलाहरू आइएस समूहमा संलग्न भएका वा कुनै न कुनै रूपमा आइएसका गतिविधिलाई सहयोग गरेको पाइएकोले जन्मकैदको सजाय गरिएको बताए।रासस

प्रकाशित: १७ वैशाख २०७५ ०६:४९ सोमबार

इराकद्वारा १९ रूसी महिलालाई कैद