अन्तर्राष्ट्रिय

म पुटिनसँग धेरै रिसाएको छु : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एनबीसी न्यूजलाई दिएको अन्तर्वार्तामा आफू रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग धेरै रिसाएको र दुखी भएको बताएका छन्।

ट्रम्पले पुटिनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको विश्वसनीयतामाथि आक्रमण गरेको बताएका छन‍्।

यस अन्तर्वार्तामा ट्रम्पले यो पनि भने कि यदि पुटिन युद्धविराममा सहमत भएनन् भने उनले रूसबाट तेल खरिद गर्ने देशहरूमा ५० प्रतिशत कर लगाउन सक्छन्।

ट्रम्पले भने, 'यदि रूस र म युक्रेनमा रक्तपात रोक्न सम्झौतामा पुग्न सकेनौं र मलाई लाग्छ कि यो रूसको गल्ती हो भने म रूसबाट आउने सबै तेलमा थप कर लगाउने छु।'

ट्रम्पको यस बयानमा अमेरिकी राष्ट्रपति कार्यालयबाट कुनै प्रतिक्रिया आएको छैन।

युरोपेली नेताहरू युक्रेनमा युद्धविरामको वार्ता गर्दा ट्रम्प पुटिनको नजिक जाँदैछन् भन्ने कुरामा चिन्तित थिए।

यद्यपि, विगत छ हप्तामा ट्रम्पले बारम्बार जेलेन्स्कीमाथि कडा माग गरेका छन् र पुटिनको पक्षमा बोलेका छन्।

एनबीसी न्यूजका अनुसार ट्रम्पले १० मिनेटको फोन अन्तर्वार्तामा पुटिनले जेलेन्स्कीको विश्वसनीयतामाथि आक्रमण गरेकोमा आफू रिसाएको र दुखी भएको बताए।

यद्यपि, ट्रम्प आफैँले जेलेन्स्कीलाई तानाशाह भनेका थिए र चुनाव गराउन माग गरेका थिए। एजेन्सी

प्रकाशित: १८ चैत्र २०८१ ०९:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App