अन्तर्राष्ट्रिय

सैफमाथि आक्रमण गर्ने व्यक्ति बंगलादेशी भएको प्रहरीको आशंका

बलिउड अभिनेता सैफ अली खानको घरमा आक्रमण गर्ने आरोपीलाई शनिबार राति थानेबाट पक्राउ गरिएको छ। मुम्बई प्रहरीले आइतबार बिहान पत्रकार सम्मेलन गरेको थियो। आरोपी चोरको घरमा चोरी गर्ने नियतले प्रवेश गरेको बताइएको छ। उनीसँग भारतको कुनै पनि वैध कागजात नभएको प्रहरीले बताएको छ। भारतीय सञ्चार माध्यमका अनुार उनको साथबाट फेला परेका सामानका आधारमा उनी बंगलादेशी भएको आशंका गरिएको छ।

३० वर्षका ती आरोपीको वास्तविक नाम मोहम्मद शरीफुल इस्लाम शाहजाद  भएको प्रहरीले जनाएको छ। अवैध रूपमा भारत आएपछि उनले आफ्नो नाम परिवर्तन गरेर विजय दास राखेको बताइएको छ। उनी पहिलो पटक सैफको अपार्टमेन्टमा प्रवेश गरेका थिए। उनले आफ्नो नाम परिवर्तन गरेर विजय दास राखे। उनी ५–६ महिनाअघि मुम्बई आएका थिए। यहाँ उनी हाउसकिपिङ एजेन्सीमा काम गर्छन्।

प्रहरीले अभियुक्तलाई आज अदालतमा पेस गरी हिरासतमा राखेर अनुसन्धान गरिने जनाएको छ। यसअघि शनिबार प्रहरीले छत्तीसगढको दुर्गबाट ​​एकजना संदिग्धलाई पक्राउ गरेको थियो। प्रहरीले हालसम्म करिब ५० जनालाई सोधपुछ गरिसकेको छ।

१५ जनवरीको राति आरोपी बान्द्रास्थित सैफ अली खानको घरमा प्रवेश गरेका थिए। आरोपीले सैफमाथि चक्कु प्रहार गरेका थिए। उनको घाँटी, ढाड, हात र टाउकोसहित ६ स्थानमा छुरा प्रहार गरिएको थियो। उनलाई राति नै अस्पताल लगिएको थियो। हाल सैफको स्वास्थ्य अवस्थामा सुधार आएको जनाइएको छ। एजेन्सी

प्रकाशित: ६ माघ २०८१ १०:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App