कजाकस्तानमा दुर्घटनामा परेको अजरबैजान एयरलाइन्सको विमानबाट २५ जनाको जिवितै उद्धार भएको छ । जसमध्ये २२ जनालाई उपचारका लागि अस्पताल पु¥याइएको छ ।
अझै पनि उद्धार कार्य चलिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् । उक्त विमानमा कुल ६७ जना सवार थिए । जसमध्ये ६२ जना यात्रु र ५ जना चालक दलका सदस्य रहेको बताइएको छ ।र
अजरबैजानको बाकुबाट रुसको चेचन्यामा रहेको ग्राजनीतर्फ गइरहेको सो जहाज कजाकस्तानको अकटाउ सहरमा दुर्घटनामा परेको हो । झन्डै चार मिनेटसम्म आकाशमा भड्किएको जहाज आकस्मिक अवतरण गर्न खोज्दा भुइँमा बजारिएर दुर्घटनामा परेको भिडिओ तस्बिरहरूमा देखिएको छ ।
त्यसपछि उक्त विमानमा आगो लागेको देखिएको छ। आगो निभाउन उद्धारकर्ता दमकल लिएर तत्कालै पुगेर उद्धार सम्भव भएको बताइएको छ ।
प्रकाशित: १० पुस २०८१ १४:३१ बुधबार