अन्तर्राष्ट्रिय

हिजबुल्लाहको आक्रमणमा चार इजरायली सैनिकको मृत्यु, ५८ घाइते

इजरायलको उत्तरी क्षेत्रमा रहेको सेनाको आधार शिविरमा ड्रोन आक्रमण हुँदा चार जनाको मृत्यु भएको छ।

शिविरलाई लक्षित गरेर भएको उक्त आक्रमणमा ५८ जना घाइते भएको इजरायल रक्षा बल (आईडीएफ) लाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।

हाइफाको दक्षिणबाट २० माइल ९३३ किलोमिटर० टाढा बिन्यामिनाको छेउमा रहेको उक्त आधार शिविरमा भएको आक्रमणमा सात सैनिकहरू गम्भीर घाइते भएको समाचारमा उल्लेख छ।

हिजबुल्लाहले आक्रमणको जिम्मेवारी लिएको छ। जसले तेल अवीव र हाइफाको बीचमा रहेको क्षेत्रमा आईडीएफको गोलानी ब्रिगेडको प्रशिक्षण शिविरलाई लक्षित गरेको हो।

प्रकाशित: २८ आश्विन २०८१ १२:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App