अन्तर्राष्ट्रिय

बाढीपहिरो रोकथाम गर्न नसकेको भन्दै उत्तर कोरियामा ३० कर्मचारीलाई मृत्युदण्डको सजाय

उत्तर कोरियाका नेता किम जोङ्ग उनले ३० जना कर्मचारीलाई मृत्युदण्डको सजाय दिएका छन्।

यसैवर्षको जुलाईमा आएको बाढीपहिरोमा परी ४ हजार नागरिकको मृत्यु भएपछि किमले ३० जनालाई मृत्युदण्डको सजाय सुनाएका हुन्।

उनले कर्मचारीले बाढी पहिरो रोकथाम गर्न नसकेको र भ्रष्टाचारी गरेका कारण नागरिकको ज्यान गुमाउनुपरेको भन्दै मृत्युदण्डको सजाय सुनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

उक्त बाढी पहिरोमा परी १५ हजारभन्दा बढी नागरिक विस्थापित भएका थिए। 

प्रकाशित: २० भाद्र २०८१ १२:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App