अन्तर्राष्ट्रिय

राष्ट्रपतिलाई ‘कालो जादू’ गरेको आरोपमा माल्दिभ्समा एक मन्त्री पक्राउ

राज्यमन्त्री फतिमथ दायाँ, राष्ट्रपति मुइजु बायाँ

माल्दिभ्सको राष्ट्पतिलाई ‘कालो जादू’ गरेको आरोपमा राज्यको वातावरणमन्त्रीलाई बिहीबार प्रहरीले पक्राउ गरेको अधिकारीले बताएका छन्।

वातावरण, जलवायु परिवर्तन तथा ऊर्जा राज्यमन्त्री फतिमथ शामनाज अली सलिमलाई आइतबार अन्य दुईजनासहित राजधानी मालेमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। 'उहाँलाई अनुसन्धानका लागि एक हप्ता हिरासतमा राख्न अनुमति दिइएको छ,' नाम उल्लेख नगर्ने शर्तमा ती अधिकारीले बताए।

'राष्ट्रपति डा मोहम्मद मुइजुमाथि कालो जादू गरेको आरोपमा शामनाजलाई पक्राउ गरिएको खबर आएको छ,' स्थानीय अनलाइन आउटलेट (सञ्चार माध्यम) द सनले जानकारी गराएको छ।

मुस्लिम बहुल माल्दिभ्सको फौजदारी संहिता अन्तर्गत जादूटूना अपराध उल्लेख नभएपनि इस्लामिक कानुनअनुसार यो कार्यका लागि छ महिनासम्मको जेल सजाय हुनेछ। 

प्रकाशित: १३ असार २०८१ १७:५८ बिहीबार

#Fatimah Shamnaz Ali Salim #Maldives #Dr. Mohammed Muiju