अन्तर्राष्ट्रिय

कुवेत आगलागीमा मृत्यु भएकामध्ये अधिकांश भारतीय

कुवेतस्थित एक भवनमा भएको आगलागीमा परी मृत्यु भएकामध्ये ४० जना भारतीय नागरिक रहेको पुष्टि भएको छ।

कुवेत सरकारले दिएको जानकारी अनुसार बुधवार एक भवनमा आगलागी हुँदा ४९ जनाको मृत्यु भएको थियो। ती मध्ये ४० जना भारतीय नागरिक रहेको पुष्टि भएको हो। आगलागीमा ५० जनाभन्दा बढी घाइते भएका छन्। घाइतेहरूको उपचार विभिन्न अस्पतालमा भइरहेको छ।

बीबीसीका अनुसार कुवेतको दक्षिणी अहमद गभर्नेटको मङ्गफ क्षेत्रमा एक भवनको तल्लो तल्लामा आगलागी भएको थियो।

कुवेतको सञ्चार माध्यमहरूका अनुसार उक्त भवन निर्माण कम्पनी एनबीटीसी समूहले भाडामा लिएर १९५ जनाभन्दा बढी कामदारलाई राखेको थियो। त्यहाँ रहेका अधिकांश कामदार भारतको केरल, तमिलनाडु र भारतको उत्तरी राज्यका थिए।

आगलागीको कारण हालसम्म पत्ता लाग्न नसकेको बताइएको छ।

यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति संवेदना व्यक्त गरेका छन्। साथै उनले मृतकका परिवारलाई २ लाखका दरले क्षतिपूर्ति उपलब्ध गराउने घोषणा पनि गरेका छन्।

प्रकाशित: ३१ जेष्ठ २०८१ ०८:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App