अन्तर्राष्ट्रिय

रूसी सेनाको विमान दुर्घटनामा ३९ को मृत्यु

तस्विर : एजेन्सी

 मस्को – रूसी सेनाको विमान सिरियामा दुर्घटना हुँदा ३९ जनाको मृत्यु भएको छ।रसियन एएन –२६  नामक विमान  सिरियाको हेमिम एयरबेसमा दुर्घटनाग्रस्त हुन पुगेको रूसी सञ्चार माध्यमहरूमा उल्लेख गरिएको छ।

विमानमा एक्कासी आएको प्राविधिक समस्याका कारण विमान दुर्घटना भएको रूसी रक्षा मन्त्रालयले बताएको छ।

प्रकाशित: २३ फाल्गुन २०७४ ०३:२९ बुधबार

रूसी सेनाको विमान दुर्घटनामा ३९ को मृत्यु