वासिङटन – अमेरिकी अनुसन्धान एजेन्सी एफबिआईले १३ रूसी नागरिकहरू माथि अमेरिकाको राष्ट्रपति निर्वाचनको समयमा हस्तक्षेप गरेको आरोप लगाएको छ ।उक्त हस्तक्षेप गैर कानुनी भएको समेत एफबिआईको रिपोर्टले बताएको छ।
अमेरिकाको राष्ट्रपति निर्वाचनको समयमा हस्तक्षेप गर्नेमा ३ रूसी कम्पनी समेत रहेको खुलासा भएको छ । कतिपय रूसी नागरिकले आफु अमेरिकी नागरिक भएको बताउँदै बैंक खाता समेत खोलेको सार्वजनिक भएको छ। उनीहरूले राजनीतिक स्वार्थ प्राप्तीका लागि अमेरिकामा विभिन्न गतिविधिहरू समेत सञ्चालन गरेको समेत खुलासा भएको छ ।उनीहरूको कतिपय गतिविधीले राष्ट्रपति निर्वाचनमा प्रभाव पारेको एफबीआईको एक रिपोर्टले खुलासा गरेको छ ।
प्रकाशित: ५ फाल्गुन २०७४ ०६:३६ शनिबार