अन्तर्राष्ट्रिय

हिँउले चीनमा २१ जनाको मृत्यु

बेईजिङ- चीनको मध्य तथा पुर्वी प्रान्तमा परेको हिमपातका कारण २१ जनाको मृत्यु भएको छ ।

जनवरी २ देखि परेको हिमपातमा परी उनीहरुको मृत्यु भएको चीनको प्रकोप न्युनीकरण राष्ट्रिय आयोगले जनाएको छ ।

भीषण हिउँबर्षा र हिउँआँधीका कारण थुप्रै घरहरु पूरिएका छन् भने कृषिबाली नष्ट भएको र विद्युत सेवा अवरुद्ध भएको आयोगका अधिकारीहरुले जानकारी दिएका छन् ।

उनीहरुका अनुसार शान्छी, हेनान, हुबेई, अन्हुई र जिआङसु प्रान्तहरु हिउँबाट बढी प्रभावित भएका छन् ।
झण्डै तीन हजार ७०० जना विस्थापित भएका छन् भने १४ हजार जना भन्दा बढी मानिसलाई आपत्कालीन सेवाको आवश्यकता रहेको आयोगले जनाएको छ ।

आयोगका अनुसार झण्डै सात सय घर ध्वस्त भएको र २८ सय घरमा क्षती पुगेको छ ।

खराब मौसमले झण्डै दुई लाख ३३ हजार १०० हेक्टर क्षेत्रफलको कृषीभूमीमा असर पारेको छ । त्यस मध्ये आठ हजार एक सय हेक्टर क्षेत्रफलको बालीनाली नष्ट भएको छ ।रासस

प्रकाशित: २५ पुस २०७४ ०५:१५ मंगलबार

हिँउले चीनमा २१ जनाको मृत्यु