अन्तर्राष्ट्रिय

पाकिस्तानले हाफिद सईदको सम्पत्ति जफत गर्ने

इस्लामावाद – पाकिस्तानले आतंकवादी हाफिज सईदको सम्पत्ति जफत गर्ने योजना बनाएको छ। प्रान्तिय सरकार र विभागहरुलाई हाफिजको च्यारिटीज र फाइनान्सियल सम्पत्ति नियन्त्रणमा लिन पाकिस्तानी सरकारले निर्देशन दिएको हो।

पाकिस्तानको अर्थ मन्त्रालयले ल एनफोर्समेन्ट र ५ प्रान्तका सरकारसँग सईदको सम्पत्ति नियन्त्रणमा लिन एक्सन प्लान मागेको समाचार संस्था रोयटर्सले जनाएको छ।

हाफिज सईदलाई अमेरिकाले आतंकवादी घोषणा गरेको छ। उनसँग जोडिएका दुई संगठन जमात–उत–दावा र फलाह–ए–इन्सानियतलाई आतंकवादीको सूचीमा राखेको छ।

भर्खरै मात्र अमेरिकाले पाकिस्तानलाई आतंकवाद नियन्त्रणका लागि दिँदै आएको सहयोग रोक्ने चेतावनी दिएको थियो। अमेरिकाको दबाबकाबीच पाकिस्तानले सईदको सम्पत्ति नियन्त्रणमा लिन लागेको बताइएको छ।

मुम्बई हमलाका प्रमुख योजनाकार मानिने सईद पाकिस्तानी आतंकवादी संगठन लश्कर–ए–तैबाका संस्थापक हुन्।

प्रकाशित: १७ पुस २०७४ १२:५५ सोमबार

पाकिस्तानले हाफिद सईदको सम्पत्ति जफत गर्ने