अन्तर्राष्ट्रिय

आगलागी हुँदा सात कामदारको मृत्यु

 

जिनान, रासस -चीनको पूर्वी प्रान्त शानडोङमा अवस्थित एक रासायिनक कारखानामा भएको आगलागीमा परी सात व्यक्तिको मृत्यु भएको  छ ।

साथै यस दुर्घटनाका कारण अन्य चारजना मजदुर घाइते भएका स्थानीय अधिकारीले जानकारी दिएका छन् ।

वेइफाङ सहरमा रहेको रसायनिक कारखानाको कार्यशालामा स्थानीय समयाअनुसार मङ्गलबार विहान नौ बजे आगलागी शुरु भएको स्थानीय सरकारले जानकारी दिएको छ ।

 कारखानामा लागेको आगो अहिले नियन्त्रणमा आएको छ । यस आगलागी हुनुको कारण अनुसन्धानरत रहेको सरकारी अधिकारीले जानकारी दिएका छन् ।

प्रकाशित: ५ पुस २०७४ ०६:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App