अन्तर्राष्ट्रिय

राजकुमार ह्यारीले अमेरिकी अभिनेत्रीसँग बिहे गर्दै

लन्डन- राजकुरमा ह्यारीले विवाह गर्ने भएका छन्। उनले आफ्नी अमेरिकन प्रेमिका मेघान मार्कलसँग अर्को वर्ष विहे गर्न लागेका हुन्। सोमबार बेलायती राजदरवारले विज्ञप्ती जारी गर्दै राजकुमार ह्यारी र अमेरिकी अभिनेत्री मार्कल विवाह बन्धनमा बाँधिन लागेको जनाएको छ।

उनीहरु एक वर्षदेखि प्रेममा थिए। ह्यारीको इन्गेजमेन्टमा बेलायतकी महारानी एलिजावेथ लगायत नजिकका नातेदारको उपस्थिति थियो।

ह्यारीका दाजु विलियम र भाउजु केटले ह्यारी र मेघानको जोडीलाई देखेर खुशी लागेको बताएका छन्। विहेको खबर सुनाउन पाउँदा उत्साही भएको समेत उनीहरुले बताएका छन्।

उनीहरुको बिवाह सम्भवत मार्चमा हुनेछ। मेघान ह्यारी भन्दा तीन वर्ष जेठी छन्। ह्यारी ३३ वर्ष पुगे भने मेघाट ३६ वर्ष पुगिन् । मेघानको यो दोस्रो बिहे हो। १९८१ मा लसएन्जलसमा जन्मिएकी उनी टोरेन्टोमा बस्दै आएकी छन्। उनको पहिलो बिहे ७ वर्षको प्रेम पछि फिल्म निर्माता ट्रेभर एङगल्सनसँग भएको थियो। तर बिहेको दुई वर्षमा नै उनीहरुबीच सम्वन्ध विच्छेद भयो। मेघानले ट्रेभरसँग सन् २०११ मा बिहे गरेर २०१३ मा सम्वन्ध विच्छेद गरेकी थिइन्।

 

 

 

प्रकाशित: ११ मंसिर २०७४ ११:४३ सोमबार

राजकुमार ह्यारीले अमेरिकी अभिनेत्रीसँग बिहे गर्दै