अन्तर्राष्ट्रिय

अफगान सेनाको कारबाहीमा १७ तालिबान मारिए

कान्दाहार – अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा अफगानिस्तानको प्रहरी र सेनासहितको संयुक्त सैन्य समूहले शुक्रबार बिहान गरेको कारबाहीमा परी कम्तीमा १७ जना तालिवान लडाकूहरु मारिएको समाचारमा जनाइएको छ। 

शुक्रबार बिहान सबेरै कान्दाहार प्रान्तको शहर ए सफा जिल्लाको सीमा प्रहरी बल र सेनाले यो कारबाही गरेको समाचारमा जनाइएको छ। 

यस कारबाहीमा १२ तालिवान आतङ्ककारी घटनास्थलमा नै मारिनुका साथै अन्य छ घाइते भएका अफगानिस्तानको गृह मन्त्रालयले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएको छ। 

यस कारबाहीको क्रममा प्रहरीले तालिवानको हातहतियार समेत कब्जा गरेको बताइएको छ। उनीहरु लुकेर बसेको आश्रयस्थलमा यो कारबाही भएको थियो। 

यस क्षेत्रमा सक्रिय रहेका तालिवान आतंककारी समूहले भने यस कारबाहीको विषयमा कुनै टिप्पणी गरेका छैनन्। तालिबानहरुले पछिल्लो समयमा कान्दाहार क्षेत्रमा आतङ्क मच्चाएको सूचनाको आधारमा यो कारबाही भएको समाचारमा जनाइएको छ। 

गतहप्तामात्र पनि तालिबानहरुले कान्दाहारको एक प्रहरी चौकीमा आक्रमण गरी कैयौं सुरक्षाकर्मीको ज्यान लिएका थिए। सो क्षेत्रमा अहिले प्रहरीले गस्ती बढाएको जनाएको छ। 

प्रकाशित: ८ मंसिर २०७४ ०९:३१ शुक्रबार

अफगान सेनाको कारबाहीमा १७ तालिबान मारिए