अन्तर्राष्ट्रिय

साउदी अरेबियाका ११ राजकुमार पक्राउ

साउदी अरेबिया – भ्रष्ट्राचारको आरोपमा साउदी अरेबियाका ११ राजकुमार, चार बाहालवाला मन्त्री र केही पूर्वमन्त्रीहरू पक्राउ परेका छन्।

साउदी युवराज मोहम्मद बि सालेमको अध्यक्षतामा भ्रष्टाचार अनुसन्धान गर्ने समिति गठन भएको केही घन्टापछि नै उनीहरू पक्राउ गरिएको साउदी मिडियाले उल्लेख गरेको छ।

भ्रष्टाचार नियन्त्रणका लागि एन्टि करप्सन कमिसन गठन भएको केही समयपछि नै उनीहरु पक्राउ परेका हुन्। पक्राउ पर्नेहरूको नाम सार्वजनिक गरिएको छ।

डेली मेलले पक्राउ पर्नेमा साउदी राजकुमार अल वालिद बिन तलाल समेत रहेको दाबी गरेको छ। पक्राउहरुलाई सन् २००९ देखि २०१२ सम्मको मर्स भाइरस संक्रमणका बेला भएको घटनाको सुरुवातदेखि अनुसन्धानका लागि पक्राउ गरिएको अन्तरार्ष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

प्रकाशित: १९ कार्तिक २०७४ ०७:३२ आइतबार

साउदी अरेबियाका ११ राजकुमार पक्राउ