अन्तर्राष्ट्रिय

अफगान सेनाको कारबाहीमा १२ तालिबान मारिए

कान्दाहार – अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा अफगान प्रहरीले बुधबार बिहान गरेको कारबाहीमा परी कम्तीमा १२ जना तालिवान लडाकू मारिएका छन्। 

प्रान्तीय प्रहरी प्रमुख अब्दुल रजाकले बुधबार सो जानकारी दिनुभएको छ । कान्दाहार प्रान्तको शहर ए सफा जिल्लामा बुधबार बिहान सबेरै सीमा प्रहरी बलले यो कारबाही गरेको थियो। 

यस कारबाहीमा १२ तालिवान आतङ्ककारी घटनास्थलमा नै मारिनुका साथै अन्य छ घाइते भएका रजाकले जानकारी दिएका छन्। 

यस कारबाहीको क्रममा प्रहरीले तालिवानको हातहतियार समेत कब्जा गरेको बताइएको छ। उनीहरु लुकेर बसेको आश्रयस्थलमा यो कारबाही भएको थियो। 

यस क्षेत्रमा सक्रिय रहेका तालिवान आतंककारी समूहले भने यस कारबाहीको विषयमा कुनै टिप्पणी गरेका छैनन्। तालिबानहरुले पछिल्लो समयमा कान्दाहार क्षेत्रमा आतङ्क मच्चाएको सूचनाको आधारमा यो कारबाही भएको समाचारमा जनाइएको छ। 

प्रकाशित: १ कार्तिक २०७४ १२:०७ बुधबार

अफगान सेनाको कारबाहीमा १२ तालिबान मारिए