रियाद - साउदी अरेबियाको राजधानी रियादमा रहेको एउटा फर्निचर उद्योगमा भएको आगलागीमा परी कम्तीमा पनि १० जनाको मृत्यु भएको छ भने अरु तीन जना घाइते भएका छन् । साउदीको नागरिक सुरक्षा सम्वन्धी निकायले रियादको बाद्र भन्ने ठाँउमा रहेको फर्निचर उद्योगमा आगलागि भएको जनाएको छ ।
गएराति भएको आगलागीको कारणका अहिले सम्म पत्ता लाग्न सकेको छैन । यसमा परी मृत्युभएकामा सोही उद्योगका मजदुर रहेको अनुमान गरिएको छ । त्यहाँकाे नागरिक सुरक्षा सम्वन्धी निकायले आधिकारिक ट्विटर अकाउन्टमा आगलागी सम्वन्धी फोटोहरु पनि राखेको छ । आगलागी नियन्त्रणका लागि केही अग्नी नियन्त्रकहरु रातिदेखि नै खटिएका थिए ।
प्रकाशित: २९ आश्विन २०७४ १०:३५ आइतबार