अन्तर्राष्ट्रिय

बेलायती शासकले बनाएको संसद भवनबाट बिदा भए भारतीय सांसदहरू

गणेश चतुर्थीको साइत पारेर औपनिवेशिक युगको संसदबाट भारतीय सांसदहरू नयाँ संसद् भवनमा सरेका छन्। पुरानो संसद् भवन अघिल्लो शताब्दीमा बेलायती शासकले निर्माण गरेका हुन्।  

बेलायती शासनकालमा बनाइएका भवन छाडेर उनीहरू त्रिभुजाकार नयाँ भवनमा सरेका हुन्। नयाँ संसद् भवनमा आठ सय जनप्रतिनिधि सहजै बस्न सक्नेछ। उक्त भवनको गत महिना प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेका थिए। विपक्षी दलका सांसदले उक्त समारोह वहिष्कार गरेका थिए।  

सभामुखले आजका लागि संसद्को विशेष बैठक आह्वान गरेका थिए । यसै मेसोमा  नयाँ भवनमा विधायकहरू स्थानान्तरण भएका हुन्। मङ्गलवार भएको तल्लो सदनको बैठकमा सांसदहरूमा महिला प्रतिनिधित्वको ३३ प्रतिशत ‘कोटा’ राख्ने विधेयक पेश गरिएको थियो। रासस

प्रकाशित: २ आश्विन २०८० ११:२० मंगलबार

गणेश चतुर्थी भारतीय सांसद नयाँ संसद् भवन