अन्तर्राष्ट्रिय

चीन र अस्ट्रेलियाबीच संयुक्त सैन्य अभ्यास

बेइजिङ –  चीन र अष्ट्रेलियाबीच सैन्य सम्बनध सुमधुर बन्दै गएको छ। चिनियाँ र अष्ट्रेलियाका सेनाबीच संयुक्त सैन्य अभ्यासको थालनी भएको छ। चीनको युआन प्रान्तमा दुवै मुलुकका सेनाले संयुक्त अभ्यास थालेका हुन्।

दुई देशका सेनाबीच संयुक्त सैन्य अभ्यास चीनमा भएको यो पहिलो पटक हो। यसअघि सन् २०१५ र २०१६ मा दुई देशका सेनाबीच अस्ट्रेलियामा  संयुक्त रूपमा सैन्य तालिमको अभ्यास भएको थियो। 

उक्त तालिमका लागि दुवै देशले दश—दश जनाको टोलीलाई तालिमका लागि स्वीकृत गरेका छन्। दुई देशबीचको सम्बन्ध विस्तार तथा सैन्य क्षमता अभिवृद्धिमा तालिमले महत्वपूर्ण भूमिका खेल्ने दुई पक्षीय भनाई रहेको छ। 

दुई देशबीचको सांस्कृतिक परम्पराको आदानप्रदानमा पनि उक्त तालिमले सहयोग पुर्‍याउने  समेत विश्वास गरिएको छ।

प्रकाशित: २७ भाद्र २०७४ १०:३७ मंगलबार

चीन अस्ट्रेलियाबीच संयुक्त सैन्य अभ्यास