अन्तर्राष्ट्रिय

भारत–पाकिस्तान द्वन्द्वमा अमेरिकाको चासो

न्युयोर्क –  पछिल्लो समयमा भारत र पाकिस्तान बीच चिसिदै गएको कुटनीतिक सम्बन्ध बारे अमेरिकी सदन सिनेटमा छलफल भएको छ ।

पाकिस्तानले भारतको सीमा क्षेत्रमा गरेको आक्रमणको विरुद्धमा भारतले पाकिस्तानमाथि आक्रमण गर्न सक्ने अमेरिकी गुप्तचर संस्था सीआइएले बताएको छ । 

दुई शक्तिशाली मुलुकहरु बीच चिसिदै गएको कुटनीतिक सम्बन्धका कारण यी राष्ट्रहरु बीच द्वन्द्व बढ्न सक्नेमा अमेरिकाको ध्यान केन्द्रित भएको अमेरिकी कंग्रेसका सिआइए प्रमुखले बताएका छन् ।अमेरिकी सिनेटको सशस्त्र सेवा समितिको बैठकमा सिआइए प्रमुखले भारत र पाकिस्तान बीचको कुटनीतिक सम्बन्ध बारे चासो व्यक्त गर्दै दुई देशबीचको सुरक्षा तनाव बारे धारणा राखेका थिए । 

गत वर्ष भारतमा भएको दुई पाकिस्तानी नागरिकको हत्या पश्चात् दुई देशबीचको सम्बन्ध तनावपूर्ण बन्दै गएको थियो । आगामी दिनहरुमा भारतीय पक्षबाट यस्ता कार्य भएमा  दुई देशबीचको सम्बन्ध अझै तनावपूर्ण सक्ने अमेरिकाको दाबी छ । 

पछिल्लो समयमा भारत र पाकिस्तान दुबैले एक अर्काे माथि आरोप प्रत्यारोप लगाउँदै आइरहेका छन् ।  

प्रकाशित: १२ जेष्ठ २०७४ १०:४८ शुक्रबार

भारत–पाकिस्तान द्वन्द्वमा अमेरिकाको चासो