अन्तर्राष्ट्रिय

गाईको डकार पृथ्वीका लागि हानिकारक !

मानवजस्तै गाईको पेट पनि ग्यासका कारण बिग्रिने गर्छ। जसका कारण गाईलाई आउने डकार कारबाट निस्किने ग्यासभन्दा पनि हानिकारक हुने तथ्य सार्वजनिक भएको छ।

पृथ्बीको वायुमण्डलमा मिथेनको मात्रा धेरै छ। जसको कारण गाईको डकार पनि एक भएको वैज्ञानिकहरुले उल्लेख गरेका छन्। यसले पृथ्बीको वायुमण्डलमा प्रत्यक्षरुपमा बेफाइदा गर्ने उनीहरुले बताएका छन्।

सन् २००६ मा संयुक्त राष्ट्रले निकाले जलवायु परिवर्तनसम्बन्धी रिपोर्टमा गाई डकारमा बढीमात्रामा हानिकारक मिथेन हुने गरेको सार्वजनिक गरेको थियो।

मिथेन एउटा ग्रिनहाउस ग्यास हो। जुन पृथ्बीको लागि हानिकारक मानिन्छ। ग्रिनहाउस ग्यासले पृथ्बीलाई गर्मी गर्न मद्दत गर्छ। चिरा परेको जमिनबाट यो ग्यास झनै धेरैमात्रामा उत्पन्न हुने गर्छ। ब्रिटेनको न्युजपोर्टल मेट्रोको एक रिपोर्टका अनुसार पछिल्लो १५० वर्षमा मानवीय गतिविधिले मिथेन उत्सर्जनमा दोब्बर वृद्धि भएको छ।

रिपोर्टका अनुसार ९ करोड टन मिथेन पाल्तु जनावरका कारण उत्सर्जन हुने गर्छ। गाई, भैँसी र बाख्राले बढीमात्रामा मिथेन निकाल्ने गर्छन्।

नासाले पनि गाईको पादले नभई गाईको डकारले मिथेन उत्सर्जन हुने गरेको जनाएको छ। एउटा गाईले वर्षमा ८० देखि १२० किलो मिथेन उत्सर्जन गर्ने रिपोर्टमा उल्लेख छ।

प्रकाशित: २८ चैत्र २०७३ ०६:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App