अन्तर्राष्ट्रिय

आश्रममा आगलागी हुँदा २०जना को मृत्यु

मध्यअमेरिकी राष्ट्र ग्वाटेमालाको एक बाल आश्रममा आगलागी हुँदा २० किशोरीको मृत्यु भएको छ। आगलागीमा परी कम्तिमा २५ जना घाइते भएको एफपीले जनाएको छ। पिन्युलास्थित उक्त आश्रम राजधानीबाट करिब २५ किलोमिटरको दूरीमा पर्छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा आश्रमकै कसैले लगाएको भनिए पनि यसको पुष्टि भइसकेको छैन। मंगलबार उक्त आश्रममा झडप हुँदा प्रहरीले हस्तक्षेपसमेत गरेको थियो।

त्यहाँ रहेका बालबालिकाले आफुहरुमाथि यौन दुर्व्यवहार हुने गरेको बताएका थिए। यौन दुर्व्यवहार भएकै कारण करिब ६० जना बालबालिका त्यहाँआट भागेका थिए।

एक्कासि आगोको मुस्लो फैलिएपछि मानिसहरुको भाग्ने क्रममा मृत्यु भएको बताइएको छ। मृत्यु हुनेहरुको उमेर १४ देखि १७ सम्मका छन्।

प्रकाशित: २६ फाल्गुन २०७३ ०६:४१ बिहीबार

आश्रममा आगलागी हुँदा २०जना को मृत्यु