अन्तर्राष्ट्रिय

ट्रम्पको निर्णय गैरकानुनीः राष्ट्रसंघ मानवअधिकार प्रमुख

जेनेभा–संयुक्त राष्ट्रसंघ मानवअधिकार प्रमुख जैयद विन राद जैयद अल हुसैनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खासगरी इस्लामिक मुलुकका नागरिकलाई लक्षित गरी अमेरिका भ्रमणमा लगाइएको प्रतिबन्ध गैरकानुनी भएको बताएका छन्।

उनले ट्विट गर्दै ट्रम्पको कदमलाई ‘गैरकानुनी र तुच्छ’ मानसिकताको संज्ञा दिएका छन् ।

राष्ट्रियताका आधारमा मात्रै कसैमाथि भ्रमण गर्न नपाउनेगरी प्रतिबन्ध लगाइनु मानवअधिकार कानुनको उल्लंघन हो भन्दै जैयदले ट्रम्पको निर्णय कानुनको बर्खिलाप भएको दाबी गरेका छन्।

जैयदले ट्विटमा ट्रम्पको निर्णयले आतंकवादविरुद्धको वास्तविक अभियानलाई प्रभावित पार्ने पनि बताएका छन् ।

प्रकाशित: १८ माघ २०७३ ०५:२१ मंगलबार

ट्रम्पको निर्णय गैरकानुनीः राष्ट्रसंघ मानवअधिकार प्रमुख