अन्तर्राष्ट्रिय

राष्ट्रपति ट्रम्पलाई ह्याकरको धम्की

न्युयोर्क— आइएसआईविरुदद्धको साइबर युद्धमा ५ सय अकाउन्ट ह्याक गरेका एक ह्याकरले अमेरिकी राष्ट्रपति डोनाल्डा ट्रम्पलाई आफ्नो ट्विटर अकाउन्ट सुरक्षित पार्न चेतावनी दिएका छन्। वाचुला घोस्ट नाम गरेका ती ह्याकरले ट्रम्पलाई आफ्नो ट्विटर अकाउन्टको सेक्युरेटी सेटिङ परिवर्तन गर्न पनि सुझाव दिएका छन्।

उनका अनुसार @POTUS, @FLOTUS तथा @VP को सुरक्षा निकै लापरवाहीपूर्ण छ। ती अकाउन्टहरुमा सेक्युरिटी सेटिङको सामान्य प्रक्रिया पनि पूरा गरिएको छैन।

ती ह्याकरकाअनुसार ट्रम्प, उपराष्ट्रपति तथा प्रथम महिलाको ट्विटर अकाउन्टमा सामान्य सुरक्षा पनि अपनाइएको छैन। ट्रम्पका सामाजिक मिडिया प्रबन्धकलाई सम्पर्क गर्दै उनीहरुको इमेल पनि सुरक्षित नरहेको उनले जानकारी दिइसकेका छन्।

अघिल्लो साता वाचुला घोस्टले ट्विटर र इमेलमार्फत यो विषयलाई अझ सार्वजनिक गरेका थिए। उनले भनेका छन्, ‘तपाइँ आफ्नो इमेल परिवर्तन गर्नुहोस् र सेटिङ फिक्स गर्नुहोस्।’

वाचुला घोष्ट गत जुनमा एकाएक चर्चित भएको नाम हो। यो नामबाट करिब ५ सय आइएस अकाउन्ट ह्याक गरेपछि उनलाई अमेरिकी मिडियाले ठूलो स्थान दिएका थिए। उनले भनेका छन्, ‘मलाई राष्ट्रपतिको अकाउन्ट ह्याक गर्ने कुनै रुचि छैन। तर ट्रम्पले यस्तै लापरवाहीपूर्वक आफ्नो सुरक्षा सेटिङ छोडिदिए अरु ह्याकरले सजिलै ह्याक गरिदिन सक्छन्।’

उनका अनुसार @POTUS, @FLOTUS तथा @VP को सुरक्षा निकै लापरवाहीपूर्ण छ। ती अकाउन्टहरुमा सेक्युरिटी सेटिङको सामान्य प्रक्रिया पनि पूरा गरिएको छैन।

प्रकाशित: १६ माघ २०७३ ०५:१९ आइतबार

राष्ट्रपति ट्रम्पलाई ह्याकरको धम्की