अन्तर्राष्ट्रिय

बंगलादेशमा १० हिन्दू मन्दिर तोडफोड, २० घरमा आगजनी

तोडफोड गरिएको देवीको मन्दिर। तस्विरः एजेन्सी

ढाका–बंगलादेशमा सोमबार राती हिन्दु मन्दिर तथा हिन्दु धर्मालम्बीका घरमा आक्रमण भएको छ। समाजिक संजाल फेसबुकमा इस्लमविरोधी पोस्ट गरेको भन्दै आक्रोशित भिडले  हिन्दु मन्दिर तथा हिन्दु धर्मालम्बिहरुको घरलाई लक्षित गर्दै आगजनी तथा तोडफोड गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

क्रमक भिडले हिन्दु् समुदायको करिब १० वटा मन्दिर तथा २० घरमा तोडफोड तथा आगजनी गरेका छन्। केही मानिसमाथि हातपात समेत गरेका छन्।

ब्राहणबरिया जिल्लाको नासिन नगरका स्थानीय अधिकारीहरुले भनेका छन् ‘आक्रमक भिडले हिन्दु् समुदायको करिब १० वटा मन्दिर तथा २० घरमा तोडफोड तथा आगजनी गरेका छन्। केही मानिसमाथि हातपात समेत गरेका छन्।’

प्रहरीले एक हिन्दु युवाले मुस्लिमहरुको धार्मिक ग्रन्थबारे आपत्तिजनक सामाग्री सामाजीक संजाल फेसबुकमा पोस्ट गरेका कारण दंगा भड्किएको बताएको छ। प्रहरीले उक्त सामाग्री पोस्ट गर्ने युवालाई पक्राउ गरिसकिएको तथा उनीसँग सोधपुछ भैरहेको जनाएको छ।

मुस्लिम बहुल बंगालादेशमा हिन्दूहरुमाथि भएको यो पहिलो आक्रमण भने होइन। हिन्दूहरुमाथि बारम्बार आक्रमण भइरहे पनि राज्यले उनीहरुलाई संरक्षण नदिँदा बारम्बार मुस्लिमको निसानामा पर्ने गरेका छन्।
 

प्रकाशित: १६ कार्तिक २०७३ ०५:०९ मंगलबार

बंगलादेशमा १० हिन्दू मन्दिर तोडफोड २० घरमा आगजनी