अन्तर्राष्ट्रिय

पाकिस्तानको प्रहरी प्रशिक्षण केन्द्रमा आतंककारी हमला, कम्तीमा ४४ जनाको मृत्यु

पाकिस्तानको एक प्रहरी प्रशिक्षण केन्द्रमा भएको हमलामा कम्तीमा ४४ जनाको मृत्यु भएको छ। सोमबार राति तीन चार जनाको संख्यामा आएका आतंककारीले प्रशिक्षण केन्द्रको होस्टेलमा आक्रमण गरेको पाकिस्तानका अधिकारीहरुले बताएका छन्। उनीहरुले होस्टेलमा अन्धाधुन्ध फाइरिङ र बम हानेका थिए।

गृहमन्त्री सरफराज बुग्तीले मंगलबार बिहानसम्म उक्त क्षेत्रलाई आफ्नो कब्जामा लिइसकेको र अहिले सुरक्षित रहेको बताएका छन्। हमलामा १ सय १८ जना घाइते भएको सरफराजले बताए।

उक्त प्रशिक्षण केन्द्रमा सात जना प्रहरी जवानहरु प्रशिक्षण लिने गरेको सरकारी अधिकारीले जनाएका छन्।

प्रकाशित: ९ कार्तिक २०७३ ०२:११ मंगलबार

पाकिस्तानको प्रहरी प्रशिक्षण केन्द्रमा आतंककारी हमला कम्तीमा ४४ जनाको मृत्यु