अन्तर्राष्ट्रिय

थाइल्याण्डमा नयाँ संबिधानबारे जनमत संग्रहकालागि मतदान

थाइल्याण्ड–सैनिक सरकाले पेश गरेको नयाँ संविधानमा थाइ जनताको राय लिन थाइल्याण्डमा आज जनमत संग्रहका लागि मतदान हँुदैछ।
सन् २०१४ थाइ सेनाले देशमा बढेको राननीतिक अस्थिरता र भड्किएको दंगापछि शासन आफ्नो हातमा लिएको थियो।

सेनाले गठन गरेको एक टोलीले नयाँ संविधान जारी गरेको थियो। त्यही संविधानमा जनताको राय लिनकालागि जमनमत संग्रह गरिएको सेना नियन्त्रित सरकारले जनाएको छ। उसले भनेको छ, ‘यो जनमतसंग्रह पारित भएमा थाइल्याण्डमा पूर्ण रुपमा प्रजातन्त्र बहालीकालागि एक उत्तम कदम बन्न सक्छ।

तर विपक्षीहरुले भने सैनिक सरकारले चुनावी अभियानमा कडाइ गरेको र आफूहरुलाई प्रचारप्रसार गर्न प्रतिबन्ध लगाएको भन्दै जनमत संग्रह निश्पक्ष नहुने आरोप लगाउँदै आएका छन्।

 

प्रकाशित: २३ श्रावण २०७३ ०६:५४ आइतबार

थाइल्याण्डमा संबिधानबारे जनमत संग्रहकालागि मतदान