अन्तर्राष्ट्रिय

सिरियामा आत्मघाती बम विस्फोटमा परी ४४ जनाको मृत्यु

दमासकस— सिरियाको उत्तरी सहर क्वामिस्लिमा बुधबार भएको आत्मघाती बम विस्फोटमा परी ४४ जनाको मृत्यु भएको अन्तराष्ट्रिय संचार माध्यले जनाएका छन्।

संचार माध्यमका अनुसार आत्मघाती बम हमलाकारीले आफू चढेको गाडी कुर्दिश सुरक्षा संस्थाको भवनमा ठोक्काएपछि ठूलो आवाजसहित विस्फोट भएको थियो।

आक्रमणपछि त्यहाँको सरकारी समाचार संस्थाले मृतकको संख्या ४४ पुगेको र उक्त संख्या बढ्न सक्ने बताएको छ। आत्मघाती बम विस्फोटमा परी मृत्यु हुने मध्य अधिकाशं बालबालिका तथा महिला रहेका छन्।
 इस्लामीक स्टेट आइएसआई सम्बद्ध समाचार संस्था अमकले भने उक्त आक्रमण आइएसआईले गराएको दाबी गरेको छ।

 

प्रकाशित: १३ श्रावण २०७३ ०५:३२ बिहीबार

सिरियामा आत्मघाती बम विस्फोटमा परी ४४ जनाको मृत्यु