अन्तर्राष्ट्रिय

टर्कीमा संकटकाल घोषणा

अंकारा–टर्कीका राष्ट्रपतिले रिसेप ताइयप एन्र्दौेनले तीन महिनाको संकटकाल घोषणा गरेका छन्। अंकारास्थित राष्ट्रपति भवनबाट सम्बोधन गर्दै एन्र्दोनले  गत शुक्रबार भएको असफल ‘कू’ को प्रयासपछि देशमा असहज परिस्थिति आएको भन्दै तीन महिने संकटकाल घोषणा गरिएको बताएका छन्।

उनले भने, ‘यो कदम कुनै प्रजातन्त्र विरोधी र कानुन विपरीत तथा स्वतन्त्रता विरुद्धमा होइन,यो देशलाई एक सहज बाटोमा ल्याउनका लागि हो।’ उनले अवस्थाको मुल्याङकन गदै संकटकालको समयावधी घटाउन र बढाउन सकिने बताए साथै उनले सैनिक भित्र रहेका विकृतिपनि हटाइने बताए।

असफल ‘कू’ को प्रयासपछि त्यहाँ विभिन्न क्षेत्रका कर्मचारीलाई बर्खास्त गर्नुका साथै ६ सय भन्दा बढी विद्यालय बन्द गरिएको छ।
टर्की सरकारले ‘कू’ को प्रयासमा संलग्न रहेको आरोपमा ३४ जना संचारकर्मीलाई समेत नियन्त्रणमा लिएको छ।

 

प्रकाशित: ६ श्रावण २०७३ ०५:२८ बिहीबार

टर्कीमा संकटकाल घोषणा