स्वास्थ्य

बाँकेमा सात जनामा डेंगी

फाइल तस्बिर

अत्यधिक गर्मी हुने बाँकेमा डेंगीका बिरामीको संख्या सात पुगेको छ। नेपालगन्ज र कोहलपुरका सात जनामा डेंगी देखिएको हो।

पोथी लामखुट्टेले टोकेर लाग्ने उक्त डेंगी ६ जना जिल्ला बाहिरबाट आएका र एक जनालाई यही संक्रमण भएको स्वास्थ्य कार्यालयले जनाएको छ। कही कतै नगइ यही डेंगी संक्रमण नेपालगन्ज–४ का एक जना व्यक्तिलाई भएको हो। स्थानीय सचेत नभए डेंगीको प्रकोप अझ बढ्ने सक्ने आँकलन गरिएको छ।

बाँके लामखुट्टे अनुकूल जिल्ला भएकाले जोखिम क्षेत्र भएको स्वास्थ्य कार्यालयकी कीटजन्य रोग फोकल पर्सन दुर्गा गौतमले जनाइन्।

‘६ जना बाहिर गएर आएकोमा देखिएको छ,’ उनले भनिन्, ‘कही कतै नगएका एकजनामा डेंगी देखिएको छ।’ लामखुट्टेको टोकाइबाट बच्नु नै यस संक्रमणबाट बच्नु भएको उनको भनाइ छ।

प्रकाशित: २० भाद्र २०७९ ०४:०२ सोमबार

बाँकेमा सातजनामा डेंगी