स्वास्थ्य

देशभर ७८ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रनलयका अनुसार ३ हजार ५१५ कोरोना परिक्षण गर्दा  ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

जसमध्ये १ हजार ३८४ पीसीआर परीक्षणमा ६० जना र २ हजार १३१ एन्टिजेन परीक्षणमा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै देशभर २३ जना कोरोना संक्रमणमुक्त भएका छन्।  

गत २४ घण्टामा कोरोनाबाट कसैको मृत्यु भएको छैन्। मन्त्रालयका अनुसार ५०८ जना सक्रिय संक्रमित रहेका छन्।

प्रकाशित: २३ असार २०७९ ११:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App