स्वास्थ्य

२३६ जनामा संक्रमण, १ को निधन

पछिल्लो २४ घन्टामा नेपालमा २३६ जनामा कोरोना भाइरस संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको तथ्यांक अद्यावधिक गर्दै शनिबार २३६ जनामा संक्रमण मुष्टि भएको जनाएको छ।

मन्त्रालयले सो अवधिमा ९ हजार १७८ जनाको नमूना परीक्षण गरेको उल्लेख गरेको छ। सो अवधिमा ५ हजार ५७२ जनाको पीसिआर र ३ हजार ५०६ जनाको एन्टीजेन परीक्षण गरिएको थियो।

सोही अवधिमा ३०७ जना संक्रमणमुक्त भएका र १ जनाको निधन भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हाल नेपालमा ५ हजार ८८३ जना कोरोनाका सक्रिय संक्रमित छन्।

प्रकाशित: २५ मंसिर २०७८ १०:०८ शनिबार

कोरोना भाइरस