स्वास्थ्य

नेपालमा पनि भेटिए 'ओमिक्रोन' संक्रमित

नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट 'ओमिक्रोन' का संक्रमित फेला परेका छन्।  

स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीका अनुसार दुई जनामा ओमिक्रोनको संक्रमण पुष्टि भएको हो। नेपालमा ओमिक्रोनका संक्रमित भेटिएपछि स्वास्थ्य मन्त्रालयमा आपतकालिन बैठक बसेको बताइएको छ।  

दक्षिण अफ्रिकामा पहिलोपटक देखिएको ओमिक्रोन भेरियन्टको संक्रमण विश्वका विभिन्न देशमा फैलिने क्रममा छ। विश्व स्वास्थ्य संगठनले यो भेरियन्टलाई चिन्ताको विषयका रुपमा लिनु पर्ने बताइसकेको छ।

प्रकाशित: २० मंसिर २०७८ ०७:४१ सोमबार

ओमिक्रोन संक्रमित