स्वास्थ्य

भेरी अस्पतालमा दाङका संक्रमित पुरुषको मृत्यु

कोरोना संक्रमणबाट भेरी अस्पतालमा थप एक जनाको मृत्यु भएको छ। जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेले दिएको जानकारी अनुसार घोराही उपमहानगरपालिका वडा नम्बर १० का ६७ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो।  

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा गत भदौं १९ गते पिसिआर परिक्षण गर्दा उनलाई कोरोना पुष्टी भएको थियो। त्यसपछि उनलाई भदौं २२ गते भेरी अस्पतालमा ल्याएर भर्ना गरिएको थियो। उपचार गर्दा पनि स्वास्थ्यमा कुनै सुधार नआएपछि बिहीबार राति ११ बजेर ३० मिनेटमा मृत्यु भएको कोभिड फोकल पर्सन तेज ओलीले जानकारी दिए।  

यो सँगै बाँकेमा उपचारका लागि आएका ४ सय १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यस्तै संक्रमणबाट बाँकेका मात्रै ३ सय ३३ जनाको मृत्यु भइसकेको फोकल पर्सन ओलीले बताए। 

प्रकाशित: ८ आश्विन २०७८ ०४:३९ शुक्रबार

कला क्षेत्रलाई पुनःजीवन दिन १५ दिने प्रदर्शनी