स्वास्थ्य

प्रदेश १ मा ४ सय १९ संक्रमित थपिए, ७ जनाको मृत्यु

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४ सय १९ जना कोरोना संक्रमित  थपिएका छन्।  १ हजार १ सय १० जनाको पीसीआर परीक्षण गर्दा २ सय र ९ सय ३ जनाको एन्टिजेन परीक्षण गर्दा २ सय १९ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ९०, झापामा ५५, सुनसरीमा २२, इलाममा १५, धनकुटामा ६, ताप्लेजुङमा २, भोजपुर र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको हो। मोरङको विराटनगरमा ६६, बेलबारीमा ८, उर्लाबारीमा ६, कानेपोखरीमा ३, सुन्दरहरैचा र कटहरीमा २–२, लेटाङ, सुनबर्षी र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको छ। झापाको दमकमा २२, शिवसताक्षीमा १०, अर्जुनधारामा ७, बुद्धशान्ति, गौरादह, भद्रपुर र कनकाईमा ३–३, विर्तामोडमा २, झापा गाउँपालिका र कमल गाउँपालिकामा १–१ जनामा संक्रमण देखिएको छ।

सुनसरीको इटहरीमा १६, धरानमा ३, बराहक्षेत्रमा २, दुहवीमा १, इलामको रोङमा ७, चुलाचुलीमा ४, माई, फाकफोकथुम, सुर्योदय र इलाम नगरपालिकामा १–१ जनामा संक्रमण देखिएको छ। धनकुटाको धनकुटा नगरपालिकामा ४, चौबीसेमा २, ताप्लेजुङको सिदिङ्वामा २, भोजपुरको भोजपुर नगरपालिका र उदयपुरको त्रियुगामा १–१ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। प्रदेश १ मा शुक्रबार ४ सय ७० जना कोरोना संक्रमणमुक्त भएका छन्। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा २ महिला र ५ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रकाशित: १८ भाद्र २०७८ १२:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App