स्वास्थ्य

प्रदेश १ मा १ हजार २ सय १ जनामा कोरोना संक्रमण, १४ को मृत्यु

प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार २ सय १ जनामा कोरोना संक्रमण देखिएको छ। २ हजार १ सय १९ जनाको पीसीआर परीक्षण गर्दा ७ सय ३७ र १ हजार ४ सय ८९ जनाको एन्टिजेन परीक्षण गर्दा ४ सय ६४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ४ सय १८, मोरङमा १ सय ७२, सुनसरीमा ८५, इलाममा २२, धनकुटामा १६, उदयपुरमा ९, भोजपुरमा ३, पाँचथर, ताप्लेजुङ, सोलुखुम्वु, संखुवासभा, तेर्‍हथुम र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको छ। 

झापाको विर्तामोडमा १ सय २२, दमकमा ६५, कनकाईमा ५६, अर्जुनधारामा ४६, मेचीनगरमा ३१, शिवसताक्षीमा २६, भद्रपुरमा २२, बुद्धशान्ति र कमल गाउँपालिकामा १२–१२, गौरादहमा ९, हल्दिबारीमा ५, बार्‍हदशी र स्थानीय तह नखुलेका ४–४, गौरीगञ्जमा ३, झापा गाउँपालिकामा १ जनामा संक्रमण देखिएको छ।  

मोरङको विराटनगरमा ७२, पथरीशनिश्चरेमा ४६, उर्लाबारीमा १७, सुन्दरहरैचामा ७, बुढीगंगामा ६, लेटाङ र बेलबारीमा ४–४, रंगेलीमा ३, ग्रामथान, केराबारी, रतुवामाई, कानेपोखरी, मिक्लाजुङ र धनपालथानमा २–२, सुनबर्षीमा १ जनामा संक्रमण देखिएको छ। सुनसरीको धरानमा ४८, इटहरीमा २७, इनरुवामा ५, बराहक्षेत्रमा ३, भोक्राहानरसिंह र दुहवीमा १–१ जनामा संक्रमण देखिएको छ। 

इलामको इलाम नगरपालिकामा ११, माईमा ५, चुलाचुली र रोङमा ३–३, धनकुटाको धनकुटा नगरपालिकामा १२, पाख्रिबासमा २, महालक्ष्मी र शहिदभूमीमा १–१ जनामा संक्रमण देखिएको छ। उदयपुरको त्रियुगामा ७, चौदण्डीगढी र बेलकामा १–१, भोजपुरको अरुणमा २, पौवादुङ्मामा १, पाँचथरको हिलिहाङ, ताप्लेजुङको श्रीजंगा, सोलुखुम्वु, संखुवासभाको खाँदबारी, तेर्‍हथुम र खोटाङको खोटेहाङमा १–१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा बिहीबार  ६ सय ३३ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा २ सय ९२ महिला र ३ सय ४१ पुरुष रहेका छन्। पछिल्लो २४ घण्टामा १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। मृत्यु हुनेमा ८ महिला र ६ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रकाशित: २१ श्रावण २०७८ १२:४८ बिहीबार

कोरोना संक्रमण १४ को मृत्यु