स्वास्थ्य

ताप्लेजुङमा २ वर्षीया बालिकामा समेत देखियो कोरोना संक्रमण

ताप्लेजुङमा २ वर्षीया बालिकामा समेत कोरोना संक्रमण देखिएको छ। ज्वरो र रुघाखोकी सहितको लक्षणका कारण सोमबार परीक्षणका लागि ताप्लेजुङ अस्पताल ल्याइएकी बालिकामा कोरोना संक्रमण देखिएको हो।  

ताप्लेजुङ अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर सोनिङ लामाले एन्टीजेन बिधिबाट गरिएको परीक्षणका क्रममा ति उनमा कोरोना संक्रमण देखिएपछि अस्पतालकै आइसोलेसन कक्षमा राखेर उपचार भइरहेको जानकारी दिए।  

बालिकाको अहिले सम्मको अवस्था सामान्य नै रहेपनि संक्रमणको यो घटना पछि सबैले थप सावधानी र सचेत बन्नुपर्ने अवस्था रहेको बताए। संक्रमणको यो अवस्थालाइ जिल्ला अस्पतालले तेस्रो भेरिएन्टतर्फको संकेत त होइन भनेर सामाजिक सञ्जालमा प्रश्न समेत उठाएको छ।

प्रकाशित: १९ श्रावण २०७८ ०६:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App