स्वास्थ्य

प्रदेश १ मा ८ सय ४ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८ सय ४ जना कोरोना संक्रमित थपिएका छन्। १ हजार २६ जनाको पीसीआर परीक्षण गर्दा २ सय ९९ र १ हजार ४सय ४५ जनाको एन्टिजेन परीक्षण गर्दा ५ सय ५ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा सुनसरीमा १ सय ५, मोरङमा १सय ४, झापामा ६९, धनकुटामा ९, उदयपुरमा ३, इलाममा २, पाँचथर, तेह्रथुम र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको छ। सुनसरीको धरानमा ८३, इटहरीमा १३, बराहक्षेत्रमा २, रामधुनी र इनरुवामा १–१ र स्थानीय तह नखुलेका ५ जनामा संक्रमण देखिएको छ।

मोरङको विराटनगरमा ४३, लेटाङमा ३६, करोबारीमा १७, बेलबारीमा ४, उर्लाबारीमा २, कानेपोखरी र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको छ। झापाको दमकमा ३३, भद्रपुरमा १७, मेचीनगरमा ६, विर्तामोडमा ४, बुद्धशान्ति, गौरादह र कमल गाउँपालिकामा २–२, बाह्रदशी, शिवसताक्षी र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको छ।

धनकुटाको धनकुटामा ५, पाख्रिवासमा ३, स्थानीय तह नखुलेका १, उदयपुरको चौदण्डीगढी, बेलका र स्थानीय तह नखुलेका १–१, इलामको चुलाचुलीमा २, पाँचथरको फिदिम, तेह्रथुमको मेन्छेयायम र संखुवासभाको खाँदबारीमा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको  छ।

प्रदेश १ मा शनिबार  ४ सय ३१ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा २ सय १५ महिला र २सय १६ पुरुष छन्। पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा २ महिला र ४ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।  

प्रकाशित: १६ श्रावण २०७८ १२:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App