स्वास्थ्य

थप १ हजार ८०१ जनामा कोरोना संक्रमण, २३ को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ८०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६२८ जनामा गरिएको पिसिआर परीक्षणमा १२ सय २३ र तीन हजार जनामा गरिएको एन्टिजेन परीक्षणमा ५७८ जना गरी १ हजार ८०१ जनामा संक्रमण पुष्टि भएको हो।

यो सँगै हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ लाख ६७ हजार १०९ रहेको छ।  

यस्तै, कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा २३ जनाको मृत्यु भएको छ। यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ५५० पुगेको छ।  

त्यस्तै थप १६ सय ६७ जना संक्रमणमुक्त भएका छन्। हाल २५ हजार ४८५ जना कोरोनाका सक्रिय संक्रमि रहेका छन्।  

प्रकाशित: ३ श्रावण २०७८ १२:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App