स्वास्थ्य

अमेरिकाले दिएको खोप नेपाल आइपुग्यो, प्रधानमन्त्रीलाई हस्तान्तरण

तस्बिर: रासस

अमेरिकाले उपलब्ध गराएको कोरोनाविरुद्धको भ्याक्सिन नेपाल आइपुगेको छ। सोमबार कतार एयरवेजको नियमित उडानमार्फत् अमेरिकाले पठाएको खोप नेपाल आइपुगेको हो।  

अमेरिकाले जोनसन एण्ड जोनसन कम्पनीले उत्पादन गरेको १५ लाख ३४ हजार ८५० डोज खोप नेपाललाई उपलब्ध गराएको हो।यो खोप एक डोज मात्रा लगाए पुग्ने खोप हो।  

प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले आजै यहाँ आइपुगेको जोन्सन एण्ड जोन्सन खोप हस्तान्तरण गरेका छन्।

प्रकाशित: २८ असार २०७८ ०७:०५ सोमबार

अमेरिकाले दिएको खोप नेपाल आइपुग्यो