स्वास्थ्य

अमेरिकाले आज १५ लाख डोज खोप नेपाल पठाउँदै

अमेरिकाले नेपालका लागि कोरोना भाइरसविरुद्धको खोप आज पठाउने भएको छ। कोभिड-१९ विरुद्ध जोन्सन एन्ड जोन्सनको १५ लाख डोज खोप अमेरिकाले नेपाललाई पठाउने भएको हो।  

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका प्रवक्तालाई उध्दृत गर्दै समाचार एजेन्सी रोयटर्सले उल्लेख गरे अनुसार उक्त परिमाणको खोप शनिबार (अमेरिकी समयअनुसार शुक्रबार) नेपाल आइपुग्नेछ। 

यसअघि, अमेरिकी राष्ट्रपति जो बाइडेनले विपन्न र गरिब मुलुकलाई ८० मिलियन डोज खोप उपलब्ध गराउने घोषणा गरेका थिए। सोही अनुरुप आज अमेरिकाले नेपाललाई खोप पठाउन लागेको हो।  

नेपालसँगै अमेरिकाले भुटानलाई पनि काेभिड-१९विरूद्धकाे ५ लाख डोज मोर्डना खोप पठाउने भएको छ।

प्रकाशित: २५ असार २०७८ १२:५३ शुक्रबार

१५ लाख डोज खोप कोभिड-१ विरुद्ध जोन्सन एन्ड जोन्सन