स्वास्थ्य

कोरोना रोकथाम तथा नियन्त्रण गर्न लाखौँको स्वास्थ्य सामाग्री सहयोग

जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र तीन स्थानीयतहमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि लाखौँको स्वास्थ्य सामाग्री सहयोग गरिएको छ। जिल्लाको हिमा, सिँजा र कनकासुन्दरी गाउँपालिकामा साँझेदारी सहयोग केन्द्र पेस नेपाल र प्लान इन्टरनेश्नल नेपालले ४० लाख ७९ हजार १ सय ३१ रुपैयाँ बढिको स्वास्थ्य सामाग्री सहयोग गरेको हो।

दोश्रो चरणको कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि लाखौँको स्वास्थ्य सामाग्री उपलब्ध गरिएको पेस नेपाल जुम्लाका संयोजक हेमराज भट्टले जानकारी दिए।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नौ प्रकारको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो।  

अक्सिजन कन्सन्ट्रेटर दस लिटरको ४ पिस,अक्सिजन सिलिण्डर ४० लिटरको २० पिस,सर्जिकल मास्क २० हजार पिस,एन नाइन्टी फाइभ मास्क ४सय ५० पिस,सेनिटाइजर ५ सय एमएल ३ सय ५० बोत्तल,फेश सिल्ड ३ सय ५० पिस,पिपिई सेट २ सय पिस,ग्लाब्स १ हजार २ सय पेयर र ह्याभी ड्युटी ग्लोब्स एक सय पेयर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई हस्तान्तरण गरिएको हो। प्रतिष्ठानलाई कुल १७ लाख ६७ हजार ४ सय ६१ रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको संयोजक भट्टले बताए। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा प्रमुख जिल्ला अधिकारी तथा जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिका संयोजक बिजय प्रसाईले सामाग्री हस्तान्तरण गरेकी हुन।  

कनकासुन्दरी गाउँपालिकामा  ९ लाख २ हजार ३२९ रुपैयाँ बराबरको १२ प्रकारको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ।  सिंजा गाउँपालिकामा ७ लाख १५ हजार १२२ रुपैयाँ र हिमा गाउँपालिकामा ६ लाख ९४ हजार ३१८ रुपैयाँ बराबरको अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेको पेस नेपालका अध्यक्ष किशोर न्यौपानले जानकारी दिए। स्थानीयतहलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्न जिल्ला समन्वय समितिको प्रमुख लालबहादुर सार्की र उपप्रमुख कार्मा बुढा स्थानीयतहमा पुगेका थिए।

उनीहरुले कोरोना रोकथाम तथा नियन्त्रण गर्नको लागि आएको स्वास्थ्य सामाग्रीको भरपुर प्रयोग गर्न आग्रह गरे। पहुँचविहिन र वास्तविक कोरोना महामारी पीडितका लागि सामाग्री प्रदान गर्नको लागि सुझाव दिए। कोभिड – १९ दोस्रो लहरको संक्रमण जोखिम न्यूनिकरण, रोकथाम तथा प्रतिकार्यका लागि स्थानीय तहमा सञ्चालनमा रहेका आइसोलेसन केन्द्र र कोभिड अस्पतालका लागि स्वास्थ्य सामग्रीको माग भएपछि पेस नेपाल र प्लान नेपालको साँझेदारीमा हस्तान्तरण गरिएको हो।

हिमा गाउँपालिकालाई १० लिटरको अक्सिजन कन्सन्ट्रेटर १ पिस, ४० लिटरको अक्सिजन सिलिण्डर ५ पिस, अक्सिमिटर ३८ पिस, सर्जिकल माक्स २० हजार पिस, एन नाइन्टी फाइभ माक्स ५० पिस, ५ सय मिलिलिटरको ह्रयाण्ड स्यानिटाइजर ३ सय बोत्तल, फेस शिल्ड ३ सय पिस, पीपीई १ सय पिस, ग्लोब्स ६ सय पेयर, ह्याभी ड्युटी  ग्लोब्स ५० पेयर प्रदान गरिएको हो।  

सिंजा गाउँपालिकालाई १० लिटरको अक्सिजन कन्सनट्रेटर १ पिस, ४० लिटरको अक्सिजन सिलिण्डर ५ पिस, अक्सिमिटर ७४ पिस, सर्जिकल माक्स १५ हजार पिस, एन नाइन्टी फाइभ माक्स ५० पिस, ५ सय मिलिलिटरको ह्रयाण्ड स्यानिटाइजर ३ सय बोत्तल, फेस शिल्ड ३ सय पिस, पीपीई एक सय पिस, ग्लोब्स ६ सय पेयर ह्याभी ड्युटी ग्लोब्स ५० पेयर सहयोग गरिएको हो।

कनकासुन्दरी गाउँपालिकालाई १० लिटरको अक्सिजन कन्सनट्रेटर १ पिस, ४० लिटरको अक्सिजन सिलिण्डर ५ पिस, अक्सिमिटर ८८ पिस, सर्जिकल माक्स २० हजार पिस, एन नाइन्टी फाइभ माक्स १ सय पिस, ५ सय मिलिलिटरको ह्रयाण्ड स्यानिटाइजर ३ सय बोत्तल, फेस शिल्ड ३ सय पिस, पीपीई १ सय पिस, ग्लोब्स  ६ सय पेयर, ह्याभी ड्युटी ग्लोब्स ५० पेयर सहयोग गरेको पेस नेपाल जुम्लाले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी बिजय प्रसाईले कोरोनामा महामारीको समयमा सामाग्री प्राप्ति हुनु निकै ठुलो उपलब्धि भएको बताइन। उनले भनिन,‘यो स्वास्थ्य सामाग्रीको व्यवस्थापन वितरण अबको काम हो। वितरणमा आउन सक्ने कठिनाई संग जुध्न प्रशासनिक रुपमा साथ दिन्छौँ। आवश्यक परेको व्यक्तिलाई यो सामाग्रीको प्रयोग होस। कहाँनेर आवश्यकता छ। पहुँचको भरमा स्वास्थ्य सामाग्रीको प्रयोग र परिचालन भएको सन्देश आउनु भएन। प्रतिष्ठान संग तथ्यांक छ। जसलाई आवश्यक छ। उसैलाई प्रयोग गर्नुकोला। सही सदुपयोग गर्नुहोला।’

जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्कीले लाखौँको स्वास्थ्य सामाग्री उपलब्ध हुनु निकै राम्रो काम भएको बताए। उनले भने,‘प्रयाप्त मात्रमा स्वास्थ्य सामाग्री आइपुगेकोले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र स्थानीयतहले भरपुर प्रयोग गरेर कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा सक्रियता देखाउनुहोला। ’ उनले स्वास्थ्य सामाग्री सहयोग गर्ने पेस नेपाल र प्लान इन्टरनेश्नल नेपाललाई धन्यावाद दिए।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार नृपेन्द्र महतले प्रतिष्ठानमा हस्तान्तरण गरिएको स्वास्थ्य सामाग्रीका भरपुर प्रयोग गर्ने बताए। उनले भने,‘यहाँ उपलब्ध सामाग्रीको अधिकतम प्रयोग हुनेछ। पहुँचका भरमा भन्दा आवश्यकताका आधारमा स्वास्थ्य सामाग्री उपलब्ध हुनेछ। स्वास्थ्य सामाग्रीको सही सदुपयोग हुनेमा ढुक्क हुनुहोला। ’ कठिन परिस्थितीमा अत्यावश्यक स्वास्थ्य सामाग्री प्राप्त हुनु निकै खुसीकाे विषय भएकोमा जोडदिए।  

स्वास्थ्य सामाग्री हस्तान्तरण गर्न प्रमुख जिल्ला अधिकारी बिजय प्रसाई,जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्की,उपप्रमुख कार्मा बुढा,प्रतिष्ठानका रजिष्टार नृपेन्द्र महत,सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाई,अस्पताल निर्देशक राजिब बिक्रम शाह र पेस नेपालका अध्यक्ष किशोर न्यौपाने लगायतको सहभागिता थियो।  

प्रकाशित: २३ असार २०७८ ०५:१४ बुधबार

कोरोना रोकथाम तथा नियन्त्रण लाखौँको स्वास्थ्य सामाग्री सहयोग