स्वास्थ्य

एक हजार ५११ जनामा सङ्क्रमण पुष्टि हुँदा ५२ को मृत्यु

नेपालमा थप एक हजार ५११ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा सात हजार ४६१ जनामा गरिएको पीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।  

मन्त्रालयले गएको २४ घन्टामा चारहजार ९५३ जनामा गरिएको एन्टिजेन परीक्षण गरेको थियो। सो क्रममा नौ सय दश जनामा सङ्क्रमण पुष्टि भएको पनि मन्त्रालयले जनाएको छ।  

यसैगरी सो अवधिमा कोरोना भाइरस सङ्क्रमणका कारण ५२ जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा चारसय ९७ जनामा कोरोना भाइरस पुष्टि भएको छ। सङ्क्रमण हुनेमा काठमाडौँ जिल्लामा ३४६, ललितपुरमा ९४ र भक्तपुरमा ५७ जनामा पुष्टि भएको हो।

प्रकाशित: ९ असार २०७८ १२:०२ बुधबार

कोरोना भाइरस काठमाडौं उपत्यका