स्वास्थ्य

खोटाङका २९ संक्रमितले जिते कोरोना

खोटाङका २९ जना संक्रमितले कोरोना जितेका छन्। शनिबारसम्ममा जिल्लामा संक्रमितको संख्या चार सय नाघ्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका २० जना, साकेला गाउँपालिकाका ७ जना, हलेसी तुवाचुङ नगरपालिकाका १ जना र जन्तेढुंगा गाउँपालिकाका १ जनाले कोभिड–१९ को संक्रमण जितेको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिए।  

आइतबार ९२ जनालाई संक्रमण पुष्टि हुँदा जिल्लामा सक्रिय संक्रमितको संख्या ४२९ पुगेको छ। हालसम्म दुई संक्रमितको मृत्यु भइसकेको छ। आइतबारको एन्टिजेन र पीसीआर परीक्षणको रिपोर्टअनुसार साकेला गाउँपालिकामा ३२ जना, राँवाबेसी गाउँपालिकामा १८ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा १४ जना, जिल्ला अस्पतालमा ७ जना, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ६ जना, हलेसी तुवाचुङ नगरपालिकामा ५ जना, खोटेहाङ गाउँपालिकामा ५ जना, केपिलासगढी गाउँपालिकामा ४ जना र जन्तेढुंगा गाउँपालिकामा १ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ। 

प्रकाशित: ९ जेष्ठ २०७८ १४:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App