स्वास्थ्य

अक्सिजन आपूर्ति सहज बनाउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले कोभिड संक्रमितलाई अक्सिजन आपूर्ति सहज बनाउन र साधनयुक्त अस्पताल सञ्चालनमा ल्याउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ।

अधिवक्ता शैलेन्द्रकुमार अम्बेडकरको रिटमाथि सुनुवाई गर्दै न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले कोरोना संक्रमितको उपचारका लागि आवश्यक औषधि र अक्सिजनको आपूर्ति सहज बनाउन आदेश जारी गरेको हो। आदेशमा राम्रोसंग अस्पताल सञ्चालनमा ल्याउन र बिरामीको चाप अनुसार अस्पतालमा जनशक्ति आपूर्ति गर्न भनिएको छ।  

त्यस्तै मानव जीवनसँग प्रत्यक्ष सरोकार राख्ने हुनाले अस्पताल, औषधि अक्सिजन तथा जनशक्ति व्यवसथ्पानका लाग सरोकारवालासहितको कार्यसमिति बनाउन पनि आदेश दिएको छ।

 

 

प्रकाशित: २८ वैशाख २०७८ १०:०४ मंगलबार

अक्सिजन आपूर्ति सर्वोच्चको आदेश