स्वास्थ्य

प्रदेश २ मा थपिए २५९ संक्रमित, पर्सामा सबैभन्दा बढी

प्रदेश २ मा बिहीबार २५९ नयाँ कोरोना संक्रमित थपिएका छन्। यससँगै सक्रिय संक्रमितको संख्या १ हजार ८६४ पुगेको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पर्सामा १४१, बारामा २३, रौतहटमा १७, सर्लाहीमा ६, महोत्तरीमा १५, धनुषामा ४६, सिरहामा ७ र सप्तरीमा १ जना संक्रमित थपिएका छन्।

संक्रिय संक्रमितमध्ये १हजार२४२ पुरुष र ५५६ महिला गरी १हजार७९८ जना होम आइसोलेसनमा छन्। ४९ जना पुरुष र १७ जना महिला गरी ६६ जना अस्पतालमा उपचाररत छन्।  

पर्सामा सबैभन्दा बढी १हजार १६३ जना सक्रिय संक्रमित छन्। जसमध्ये १हजार ०५७ जना संक्रमित घरमै छन् भने ५६ जना अस्पतालमा भर्ना भएका छन् । बारामा २१८ जना संक्रमित घरमै छन् भने रौतहटमा ११६ जना संक्रमित घरमा छन्। सर्लाहीमा १६, महोत्तरीमा ६९, धनुषामा २४९ जना संक्रमित घरमा छन्।

सिरहामा १० जना संक्रमित अस्पतालमा भर्ना छन् भने २९ जना घरमा छन्। सप्तरीमा ४४ जना संक्रमित घरमा छन्।

प्रकाशित: १६ वैशाख २०७८ १४:०८ बिहीबार

कोरोना संक्रमित स्वास्थ्य निर्देशनालय